कीवर्डहरू -

प्लेस्टेसनका गेम अब मोबाइलमा पनि उपलब्ध हुने

प्लेस्टेसनका गेम अब मोबाइलमा पनि उपलब्ध हुने

सोनीले प्लेस्टेसनका चर्चित गेमहरु फोनमा पनि उपलब्ध गराउने भएको छ । यूरोगेमरको अनुसार सोनीले सोही कार्यका लागि नयाँ कार्यकारीलाई पनि नियुक्त गरेको छ ।

कम्पनीले तीन देखि पाँच वर्षको योजना पनि ल्याउने जनाएको छ । सोनीको प्लेस्टेसनका चर्चित गेममा अनचार्टेडःफर्चुन हन्टर पर्ने गर्छ । फोनमा प्लेस्टेसन जस्तै गेम ल्याउने काममा सोनी पहिले देखिनै काम गरिरहेको छ ।

यो भन्दा पहिले सोनीले एक्सपेरिया प्ले भन्ने प्लेस्टेसन फोन निकालेको थियो । त्यो बेलाको समय अनुसार यो फोन एकदमै उन्नत मानिन्छ । फोनमा पनि प्लेस्टेसन जस्तै गेम ल्याएमा त्यसले धेरै जना प्रयोगकर्तालाई पक्कै पनि आर्कषित गर्नेछ ।