कीवर्डहरू -

हाम्रो पात्रोको ज्योतिश परामर्श सेवामा ३५ प्रतिशत छुट 

हाम्रो पात्रोको ज्योतिश परामर्श सेवामा ३५ प्रतिशत छुट 

हाम्रो पात्रोले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा आफ्नो लोकप्रिय ‘हाम्रो अनलाइन ज्योतिष’ परामर्श सेवामा ३५ प्रतिशत छुट ल्याएको छ । यस अन्तर्गत हाम्रो पात्रोका सेवाग्राहीले हाम्रो पात्रोको एप तथा वेबमार्फत आफ्नो आउँदो वर्षका बारेमा परामर्श लिन सक्नेछन् ।

हाम्रो पात्रोसँग आवद्ध ख्याती प्राप्त ज्योतिषहरुबाट आफुले चाहे अनुसारको परामर्श अनलाइन मार्फत कुराकानी गरी आफ्नो आउदो वर्षको जानकारीका लागि सेवाग्राहीले हाम्रो पत्रोको एप अथवा वेबमा गएर परामर्श लिने सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सेवा निकै लोकप्रिय रहेको छ र सेवाग्राहीहरुले हाल यस सेवालाई आफ्नो पढाई, व्यापार, जागिर, लगन, आदी सम्बन्धित विषयहरुमा परामर्शका लागी प्रयोग गर्दै आएका छन् ।

यो छुट चैत्र ३० गते देखि वैशाख ५ गते सम्मका लागि मात्र लागु हुनेछ र इच्छुक सेवाग्राहीले बिहान ५ देखि दिउसो १ र बेलुका ७ देखी ९ बजेको बिचमा यो सेवा लिन सक्नेछन् ।

नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिन भरिका लागि उपलब्ध हुनेछ । यस सेवाका लागि भुक्तानी अन्तर्राष्ट्रिय कार्डका साथै नेपालमा ई सेवा, कनेक्ट आईपीएस वा खल्तीबाट गर्न सकिनेछ ।