कीवर्डहरू -

११ औं जितपुर सिमरा गोल्ड कपको टिकट खल्तीबाटै एप किन्न सकिने

११ औं जितपुर सिमरा गोल्ड कपको टिकट खल्तीबाटै एप किन्न सकिने

चैत्र ३१ गतेबाट सिमरा रंगशाला सर्लाहीमा शुरू भएको नव जन जागृति युवा क्लबद्वारा आयोजित ११ औं जितपुर सिमरा गोल्ड कप - २०७७ फुटबल टुर्नामेन्टमा ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवे आधिकारिक टिकट पार्टनर भएको छ ।

यस पश्चात अब सिमरामा अवस्थित फुटबल फ्यानहरुले खल्ती एप डाउनलोड गरी आफ्नो फोनबाटै खेलको टिकट काट्न सक्नेछन् । साथै एपबाट काट्दा २० प्रतिशत छुट पाउनेछन् जस मध्य ५ जनाले हरेक म्याचमा शतप्रतिशत टिकट रकम फिर्ता पाउनेछन् ।

यसका लागि खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेल तथा नव जन जागृति युवा क्लबका प्रेसिडेन्ट रामचन्द्र लामा बीच सम्झौता भएको हो ।

‘हामी यस जितपुर सिमरा गोल्ड कपमा आधिकारिक टिकटिंग पार्टनर हुन पाउँदा निक्कै गर्व महशुस गरेका छौँ। यसले फ्यानहरुलाई लाइन नबसी आफ्नो फोनबाटै टिकट खरिद गर्न सम्भव बनाउने छ । साथै यसले सबैलाई डिजिटल भइ आफ्नो भुक्तानी अनलाइन माध्यमबाट गर्न थप प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु।’ भुर्तेलले भने ।

‘हामी खल्ती डिजिटल वालेट सँग सहकार्य गर्न पाएकोमा निक्कै खुशी छौँ,’ रामचन्द्र लामाले भने अब टिकट अनलाइन खरिद गर्न सम्भव भएकोले हामीलाई यसले खेल व्यवस्थापनमा थप मद्दत पुर्याउने कुरामा आश्वस्त छौँ। हामीले अनलाइन टिकटमा क्यासब्याक र छुटको व्यवस्था पनि गरेका छौँ त्यसैले सबैलाई सकेसम्म फोनबाटै टिकट काट्न अनुरोध गर्दछौं ।’

यस खेलमाविजेताले दश लाख र उपविजेताले ५ लाख नगद राशि पुरस्कार स्वरुप पाउनेछन् । साथै रंगशालामा उपस्थित प्रशंसकहरुलाई पनि भरपुर समर्थन दिन प्रोत्शाहन गर्न ‘खल्ती’ ले रु.२००० कुपन कोड हरेक खेलमा एकजनाको लागि व्यवस्था गरेको छ ।

यस कपका सबै इभेन्ट तथा खेल गोल नेपालले आफ्नो फेसबुक पेजको माध्यमबाट लाइभ प्रशारण गर्नेछ जहाँ दर्शकको लागि ‘खल्ती’ को कुपन कोड उपलब्ध हुनेछ।