कीवर्डहरू -

प्रभु क्यापिटलद्वारा विद्यालयलाई २ वटा कम्प्युटर सहयोग

प्रभु क्यापिटलद्वारा विद्यालयलाई २ वटा कम्प्युटर सहयोग

प्रभु क्यापिटल लिमिटेडले पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट सहयोग गरेको छ ।

सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट फाउन्डेसनलाई पनि थप १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ ।

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्यले कम्प्युटर सहयोग गरेको जनाएको छ ।