कीवर्डहरू -

न्यूरालिंकको ब्रेन कम्प्यूटर इन्टरफेस प्रिभ्यू सार्वजनिक, बाँदरले खेल्यो पिङ्गपङ्ग गेम (भिडियोसहित)

न्यूरालिंकको ब्रेन कम्प्यूटर इन्टरफेस प्रिभ्यू सार्वजनिक, बाँदरले खेल्यो पिङ्गपङ्ग गेम (भिडियोसहित)

एलन मस्कले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने प्रविधि न्यूरालिंकको बारेमा अपडेट दिएका छन् ।

मस्कले ट्वीटरमा सेयर गरेको भिडियोमा ब्रेन कम्प्यूटर इन्टरफेसको प्रिभ्यू दिएर बाँदरले पिङ्गपङ्ग खेलिरहेको देखाइएको छ ।

सुरुमा पेजर नामक बाँदरले जोय स्टीकले गेम खेलिरहेको देखाइएको छ र त्यसपछि दिमागले सोचेरनै खेलिरहेको पनि देखाइएको छ । मस्कको अनुसार पेजरमा १,०२४ इलेक्ट्रोड इम्पलान्ट गरिएको थियो ।

त्यस्तै यो प्रक्रियामा डेटा ट्रान्समिसन डिभाइस एन वान लिङक पनि प्रयोग गरिएको थियो । यसले पेजरलाई सजिलै मागदर्शन गराईरहेको थियो ।

मस्कले यो प्रविधिले गर्दा स्वस्थ व्यक्तिले औँलाले चलाएको स्मार्टफोन भन्दा छिटो प्यारालाइसीस भएको मान्छेले मनले नै चलाउन सक्ने पनि बताएका छन् ।