कीवर्डहरू -

कञ्चन गाउँपालिकाका ५० पसललाई खल्तीको क्युआर कोड वितरण

कञ्चन गाउँपालिकाका ५० पसललाई खल्तीको क्युआर कोड वितरण

रूपन्देहीको कञ्चन गाउँपालिकाले पसलहरुलाई क्युआर कोड वितरण गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका विभिन्न ५० पसलहरुलाई खल्तीको क्युआर कोड वितरण गरेको हो ।

आगामी आर्थिक वर्षदेखि गाउँपालिकाको कर राजस्व भुक्तानी अनलाइनबाटै गर्ने गरि पहल गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताए । पसलहरूलाई गाउँपालिका अध्यक्षले क्युआर कोड वितरण गरेका थिए ।

‘यसले पैसा बोक्ने सिस्टम विस्तारै कम हुँदै गएको हुनाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको हौँ। प्रविधिको सही र उच्चतम प्रयोग गरि  डिजिटल भुक्तानी र प्रविधिमैत्री कञ्चन गाउँपालिका बनाउने तर्फ अगाडि बढेका छौं’ गाउँपालिका अध्यक्षले भने ।

उक्त कार्यक्रममको अध्यक्षता गरेका कञ्चन गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत सन्तोस गैरेले पालिकाको राजस्व संकलन अनलाइनबाटै गर्न सकेको खण्डमा काम सहज हुने ढिलासुस्ती नहुने र पारदर्शिता आउने कुरा बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष गोमा तरामुले विगत १ बर्षदेखि आफुले व्यक्तिगत रुपमा खल्ती प्रयोग गर्दै आइरहेको घरायसी साना साना कारोबारहरु अनलाइनमा गरिरहेको बताइन् । अब डिजिटल कञ्चन बनाउने अभियानमा खल्तीसँग सहकार्य गर्दै जाने उनले बताइन् ।

त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष हरि नारायण थारुले खल्तीको बिल भुक्तानी गर्न, टिकट लिन र बैंक ट्रान्सफर गर्न सहज भएको बताए । कार्यक्रमको सहजीकरण गर्दै खल्तीका प्रतिनिधि इश्वरी ज्ञवालिले गरेका थिए ।