कीवर्डहरू -

अब अनलाइनबाटै घरजग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व तिर्न सकिने 

अब अनलाइनबाटै घरजग्गाको नक्शा प्रिन्ट गर्न र राजस्व तिर्न सकिने 

अब अनलाइनबाटै घरजग्गाको नक्शा हेर्न, प्रिन्ट गर्न र राजस्व तिर्न सकिने भएको छ । अनलाइनबाटै घरजग्गाको नक्सा हेर्न, प्रिन्ट गर्न र राजस्व तिर्न सकिने प्रणाली बिहिबारबाट शुरू भएको हो ।

सुरुमा यो अनलाइन प्रणाली काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट उपलब्ध हुने र त्यसपछि विस्तारै यो सेवा देशभरका नापी कार्यालयबाट उपलब्ध हुने नापी विभागले जनाएको छ ।

सेवालाई छिटो, प्रभावकारी र प्रविधिमैत्री बनाउन विभागले अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको हो । कुनै पनि सेवाग्राहीले मेरो कित्ता डटडिओएस डटजीओभी डटएनपी वेबसाइटमा गएर लगइन गरी यो सेवा लिन सक्ने छन् ।


यसमा लगइन गर्न कुनै पनि युजर नेम र पासवर्ड चाहिँदैन् । यसमा सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ ।सो विवरणलाई नापी कार्यालयले प्रमाणित गर्छ ।

प्रमाणित भएपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पूरा भयो भनी म्यासेज जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्नेछन् ।