कीवर्डहरू -

अब पासपोर्ट बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर चाहिने

अब पासपोर्ट बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर चाहिने

अब पासपोर्ट बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ । आगामी साउन महिनादेखि पासपोर्ट बनाउन र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको हो ।

परिचयपत्र नम्बर भएपछि नागरिकता पनि प्रमाणीकरण गराइराख्नु पर्दैन । अहिले पासपोर्ट बनाउँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणित गराउनु पर्छ ।

राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी कार्ड हो ।

यसलाई ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा, मतदाता परिचयपत्रको रूपमा, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेख लगायतका काममा प्रयोग गर्न सकिन्छ ।