कीवर्डहरू -

अनलाइन लर्निङ प्लेटफर्म मेरो स्कुल सार्वजनिक, एक महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने

अनलाइन लर्निङ प्लेटफर्म मेरो स्कुल सार्वजनिक, एक महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने

अनलाइन लर्निङ प्लेटफर्म मेरो स्कुल सार्वजनिक भएको छ । बिहिबार अनलाइन लर्निङ प्लेटफर्म मेरो स्कुल सार्वजनिक भएको हो ।

कोरोना महामारीका कारण देशभर लकडाउन भएपछि विभिन्न विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । अहिले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने तयारी सरकारको छ ।

कोरोना महामारीका कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन, कोचिङ पठाउन तथा जान नचाहने अभिभावक र विद्यार्थीहरुलाई लक्षित गर्दै मेरो स्कुल सार्वजनिक गरेको एस्ट्रीक टेक्नोलोजीले जनाएको छ ।

‘पढाईको नयाँ फण्डा’ स्लोगन सहित सार्वजनिक भएको मेरो स्कुलले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्ने कम्पनीको विश्वास रहेको छ ।

के हो मेरो स्कुल ?

मेरो स्कुल एक डिजिटल इ–लर्निङ्ग प्लेटफर्म हो जहाँ नेपाल सरकारको पाठ्याक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु पाइन्छ । यसका साथै मेरो स्कुलमा पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि पाउन सकिन्छ ।

भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएको कम्पनीले जनाएको छ ।

शैक्षिक पाठ्यक्रमका अलावा मेरो स्कुलमा डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स लगायतका कोर्सहरू पनि राखिएको छ । मेरो स्कुल सार्वजनिक भएको अवसरमा १ महिनासम्म ट्यूटोरियल भिडियाहरु निःशुल्क हेर्न सकिनेछ ।

साथै एपमा अफलाइनमा हेर्न मिल्ने सुविधा पनि रहेको छ ।  जसले गर्दा एपमा भएका शैक्षिक सामाग्रीहरु आफुले चाहेको समयमा चाहेको ठाउँमा हेर्न सकिन्छ ।

मेरो स्कुल वेबसाइट र मोबाइल एपबाट प्रयोग गर्न सकिने छ । एन्ड्रोइडमा मेरो स्कुल मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।