कीवर्डहरू -

भायानेटको स्पीडी अफर, पहिलेकै मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध हुने

भायानेटको स्पीडी अफर, पहिलेकै मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध हुने

भायानेटले स्पीडी अफर ल्याएको छ । ग्राहकहरुलाई सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्रदान गर्न स्पीडी अफर ल्याइएको हो ।

भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको १०० एमबीपीएस पाउन सकिन्छ ।

त्यस माथि रु. १००० को रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै निःशुल्क प्राप्त गर्न सकिने छ । यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ ।