कीवर्डहरू -

नबिल बैंकको मोबाइल बैंकिङ एपमा अब एक भन्दा बढी कार्ड इन्टिग्रेट गर्न मिल्ने

नबिल बैंकको मोबाइल बैंकिङ एपमा अब एक भन्दा बढी कार्ड इन्टिग्रेट गर्न मिल्ने

नबिल बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘कार्ड  इन्टिग्रेसन’ सेवाको शुरुवात गरेको छ । बिहीबारदेखि बैंकले यो सेवा शुरू गरेको हो ।

यस सेवा अन्तर्गत अब ग्राहकहरुले कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्डमार्फत साइन अप जस्ता कार्यहरु बैंकको मोबाइल बैंकिङ ‘नबिल स्मार्ट बैंक एप’ बाट नै गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरूमा उपलब्ध गराएको बैंकले जनाएको छ ।