मेटलाइफका ग्राहकले अब अनलाइनबाटै बिमा दावी गर्न सक्ने भएका छन् । मेटलाइफ नेपालले अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको हो । जसबाट ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दावीहरू अनलाइन माध्यमबाट नै पेश गर्न सक्नेछन् ।
अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ मेटलाइफको दावी टोलीले तुरुन्त दावी प्रक्रिया शुरु गर्ने कम्पनीले जनाएको छ ।
मेटलाइफ नेपालले यसअघि अनलाइन बीमा दरखास्त, प्रिमियम भुक्तान, र केवाईसी अपडेटका साथै नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको छ ।