कीवर्डहरू -

५ हजार एमएएच ब्याट्री भएको ओप्पो ए ५४ सार्वजनिक

५ हजार एमएएच ब्याट्री भएको ओप्पो ए ५४ सार्वजनिक

ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए ५४ सार्वजनिक गरेको छ । ६.५१ ईञ्च पञ्च होल डिस्प्ले रहेको यो फोनमा १२८ जीबी इन्टरनल स्टोरेज राखिएको छ । फोनको इन्टरनल स्टोरेजलाई २५६ जीबी सम्म बढाउन सकिन्छ ।

४ जीबी र्‍याम रहेको ओप्पो ए ५४ मा ५ हजार एमएएचको ब्याट्री रहेको छ । फोनमा टाइपी सी कनेक्टर र सुपर पावर सेभिङ मोड सुविधा रहेको छ । यसमा १८ वाटको फास्ट चार्जर सपोर्ट पनि रहेको छ ।

फोनको रियर (पछिल्लो) कभरको थ्रीडी प्यानलका लागि मेटालिक धातुको प्रयोग गरिएको छ । यसले गर्दा फोन बलियो र सजिलै नबाङ्गिने हुनुका साथै बोक्दा आरामदायी अनुभव समेत प्राप्त हुन्छ ।

ओप्पो ए ५४ मा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिंगरप्रिन्ट अनलक प्रविधि पनि उपलब्ध छ । ए ५४ मा प्रायः हाई एन्ड फोनहरुमा मात्र उपलब्ध हुने क्यामेरा लेआउटमा तीन ओटा क्यामेराको समायोजन गरिएको छ ।

यसमा १३ मेगापिक्सेल मेन क्यामेरा, नजिकका शट्सका लागि २ मेगापिक्सेल म्याक्रो क्यामेरा र उत्कृष्ट बोके शट्सका लागि २ मेगापिक्सेलको बोके क्यामेरा छन् ।

ए ५४ मा एआई ब्यूटिफिशेन सुविधा सहितको १६ मेगापिक्सेलको फ्रण्ट क्यामेरा जडान गरिएको छ । फोनको रियर क्यामेराले ९० एफपीएसमा ७२० पीको स्लोमो भिडियो खिच्ने सुविधा प्रदान गर्छ । साथै अरिजिनल जेन्टल, नून, सब्टल लगायत १० भिडियो फिल्टर्सपनि उपलब्ध छ ।

यसमा कलरओएस ७.२ राखिएको छ । जसमा तस्विरमा रहेका अक्षरलाई प्रयोगकर्ताले बुझ्ने भाषामा अनुवाद गर्न सघाउने फोटो ट्रान्सलेटर फिचरपनि उपलब्ध गराउँछ । नेपाली बजारमा ओप्पो ए ५४ को मूल्य २५ हजार ९ सय ९० रूपैयाँ निर्धारण गरिएको छ ।