कीवर्डहरू -

जमलमा सर्‍यो नेपाल दूरसञ्चार प्राधिकरण

जमलमा सर्‍यो नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय जमलमा सरेको छ । बैशाख २ गतेदेखि प्राधिकरणको कार्यालय सास्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को जमलको स्थित व्यापारिक भवनमा सरेको हो ।

प्राधिकरणले नाचघरको व्यापारिक भवन १० वर्षका लागि भाडामा लिएको हो । भाडा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने उल्लेख गरिएको छ ।

सांस्कृतिक संस्थानले सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग गत असोजमा नयाँ सम्झौता गरेको थियो । नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ ।

सिएम ट्रेड्रिङसँगको सम्झौताअनुसार आव २०७७÷७८ मा संस्थानले लगभग एक करोड ३० लाख रुपैयाँ प्राप्त गर्थ्यो तर अब दुरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।