कीवर्डहरू -

एनसेलसँगको सहकार्यमा सामसङको अफर, फिचर फोन फोरजी स्मार्टफोनसँग साट्न सकिने

एनसेलसँगको सहकार्यमा सामसङको अफर, फिचर फोन फोरजी स्मार्टफोनसँग साट्न सकिने

एनसेलसँगको सहकार्यमा सामसङले एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा सामसङले एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्ट फोनसँग साट्न सक्ने योजना ल्याएको हो ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डाटा पाउँने छन् ।

‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको कम्पनीले जनाएको छ । यससँगै ग्राहकले उत्कृष्ट स्मार्ट फोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरूसँग जोड्न सक्नेछन् ।

एनसेलको डाटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्नेछन् ।