कीवर्डहरू -

फिशिङ हमलाबाट कसरी बच्ने ? यस्ता छन् दूरसञ्चार प्राधिकरणका टिप्स 

फिशिङ हमलाबाट कसरी बच्ने ? यस्ता छन् दूरसञ्चार प्राधिकरणका टिप्स 

नेपाल दूरसञ्चार प्राधिकरणले फिशिङ हमलाबाट बच्न अनुरोध गरेको छ । पछिल्लो समय नेपालमा पनि फिशिङका घटना बढ्दै गएपछि प्राधिकरणले फिशिङ हमलाबाट बच्न १३ उपायहरू जारी गरेको हो ।

प्राधिकरणले अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेललाई नखोल्न, लिंकहरुमा क्लिक नगर्न र त्यस्ता शंकास्पद इमेलालाई डिलिट गर्न वा ब्लक गर्न आग्रह गरेको छ ।

प्राधिकरणले जारी गरेको सन्देशमा भनिएको छ, ‘पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाइएको इमेल, सन्देश, फोनकल लगायतलाई रिप्लाई वा रेसपोन्स नगरौं।’

‘आफुसँग सम्बन्धित नभएका कन्ट्री डोमेन र सब डोमेनबाट आएका इमेलहरुलाई नखोलौ डिलिट गरौं । अनावश्यक मेलिङ लिष्टमा सब्सक्राइब नगरौ र सब्सक्राइब गरेको भए अन सब्सक्राइब गरौं’ प्राधिकरणले जारी गरिएको सन्देशमा भनिएको छ,’ ‘इमेलबाट आफ्नो पासवर्ड, ओटीपी, बैंक खाता नम्बर र पिन कोड जस्ता विवरण नपढाऔं ।’

कम्प्युटर तथा मोबाइलमा एन्टिभाइरस प्रयोग गर्न र कुनै पनि वेबसाइट राम्रोसँग पहिवान नगरी युजरनेम, पासवर्ड, बैंकको क्रेडिट कार्ड नम्बर, नागरिकता नम्बर लगायतका व्यक्तिगत परिचय शेयर नगर्न अनुरोध गरेको छ ।

\"\" \"\"