कीवर्डहरू -

एप्पलले भन्योः ‘चार्जर बिना आइफोन बेच्न थालेपछि ८ लाख ६१ हजार टन धातु जोगायौँ’

एप्पलले भन्योः ‘चार्जर बिना आइफोन बेच्न थालेपछि ८ लाख ६१ हजार टन धातु जोगायौँ’

एप्पलले चार्जर बिना आइफोन बेच्न थालेपछि ८ लाख ६१ हजार टन धातु जोगाएको बताएको छ । एप्पलले आइफोन १२ ल्याएदेखि चार्जर दिन छाडेको छ ।

धातुमा तामा, जिङ्क र फलाम पर्ने गर्छन् । चार्जर नराख्दा सानो प्याकेज हुने भएकाले ढुवानी गर्दा पहिलेको भन्दा ७० प्रतिशत बढि आइफोन बक्सहरु पठाउन सकिएको पनि कम्पनीले जनाएको छ ।

गत वर्ष एप्पलले कार्बनडाईअक्साईडलाई सन् २०१९ को तुलनामा कम बनाउन सफल भएको थियो । सन् २०१९ मा २२.६ मिलियन टन कार्बनडाईअक्साईड उत्पादन भएको थियो र यो सङ्ख्या पछि घटेर २५.१ मिलियन टन पुगेको थियो ।

एप्पलका अनुसार गत वर्ष ल्याण्डफिलबाट ३९,००० मेट्रिक टन ई–फोहोर टाढा राख्न सकिएको थियो । यसले वातावरण सुरक्षामा एकदमै मद्दत पु¥याउने अनुमान लगाइएको छ ।