कीवर्डहरू -

नेपालमा पब्जी मोबाइल च्याम्पियनशिप हुँदै, रजिष्ट्रेसन खुल्ला 

नेपालमा पब्जी मोबाइल च्याम्पियनशिप हुँदै, रजिष्ट्रेसन खुल्ला 

नेपालमा ‘पब्जी मोबाइल च्याम्पियनशिप २०२१’ आयोजना हुने भएको छ । उक्त पब्जी मोबाइल च्याम्पियनशिप २०२१ को रजिष्ट्रेसन बैशाख ५ गतेदेखि खुल्ला गरिएको छ ।
पब्जी मोबाइल च्याम्पियनशिप तीन भाग्यशाली विजेताहरूले टीभीएस एनटर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्ने मौका पाउँनेछन् ।
पब्जी मोबाइल च्याम्पियनशिपमा ६ सयभन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानल र १६ स्ट्रिमरको सहभागी हुने अपेक्षा गरिएको छ । च्याम्पियनशिप आगामी ४५ दिनसम्म चल्ने टीभीएसले बताएको छ ।
टीभीएस मोटर कम्पनीले नेपालमा ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ का लागि प्रायोजन गर्ने भएको छ ।