कीवर्डहरू -

आफ्नो इच्छा अनुसार फिल्म, सिरिज तथा अन्य भिडियोहरू हेर्न सकिने डिशहोमको एक्सभिओडी सेवा

आफ्नो इच्छा अनुसार फिल्म, सिरिज तथा अन्य भिडियोहरू हेर्न सकिने डिशहोमको एक्सभिओडी सेवा

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले केही समय अगाडि स्ट्रिमिङ भिडियो अन डिमाण्ड (एक्सभिओडी) सेवा शुरु गरेको थियो ।

ग्राहकले एक्सभिओडी मार्फत आफ्नो इच्छा अनुसार फिल्म, सिरिज, शैक्षिक सामग्री तथा अन्य भिडियोहरू हेर्न सक्नेछन् ।

अहिलेलाई यो सेवा निःशुल्क उपलब्ध रहेको छ भने विस्तारै यसलाई पे मोडलमा पनि लगिने डिशहोमले जनाएको छ ।

एक्सभिओडीमा अहिले डिशहोमले आफैले उत्पादन गरेका र लाइसेन्स प्राप्त कन्टेन्टहरू मात्रै राखेको छ । एक्सभिओडीमा हलिउड, बलिउड मुभी लगायत स्वेदेशी तथा विदेशी कन्टेन्टहरू थप गर्दै जाने डिशहोमको योजना रहेको छ ।

के हो एक्सभिओडी ?

एक्सभिओडी भनेको डिशहोममा आएको नयाँ सुविधा हो । डिशहोमको सेटअप बक्समा इन्टरनेट जोडेर एक्सभिओडी सेवा प्रयोग गर्न सकिन्छ । त्यसपछि स्ट्रिमिङ गरिएको कन्टेन्टहरू मुभी, सिरिजहरू हेर्न सकिन्छ ।

कसरी प्रयोग गर्ने एक्सभिओडी ?

सबैभन्दा पहिले एक्सभिओडी सेवा प्रयोग गर्न इन्टरनेट जडान गर्नुपर्ने हुन्छ । डिशहोममा दुई तरिकाले इन्टरनेट जडान गर्न सकिन्छ । एउटा इथरनेट पोर्ट र अर्को वाईफाई डंगोल ।

इथरनेट पोर्टबाट इन्टरनेट जडान गर्न सेटअप बक्स पछाडि एउटा इथरनेट पोर्ट हुन्छ, त्यो पोर्टमा इथरनेट केबल जोडेर इन्टरनेट चलाउन गर्न सकिन्छ । त्यस्तै डिशहोमले प्रदान गर्ने वाईफाई डंगोलबाट इन्टरनेट चलाउन सेटअप बक्समा वाईफाईको युएसबी पोर्ट हुन्छ ।

यो पोर्ट अगाडि पछाडि हुन्छ । कुनै पनि पोर्टमा वाईफाई डंगोल जडान गर्न सकिन्छ । यति गरेपछि इन्टरनेट कनेक्ट गर्न सकिन्छ । वाईफाई डंगोलको शुल्क ५ सयदेखि ६ सय रूपैयाँ तोकिएको छ । डंगोल डिशहोमको डिलर, सब डिलर र पीओएसबाट पाउन सकिन्छ ।

एक्सभिओडी मार्फत भिडियोहरू कसरी हेर्ने ?

इन्टरनेट जडान भएपछि एक्सभीओडी प्रयोग गर्न डिशहोमको पुरानो रिमोटमा ‘एफएभी’ र नयाँ रिमोटमा ‘एक्सभिओडी’ बटन हुन्छ । त्यसपछि त्यो खुल्छ ।

यसमा नेपाली मुभी, नेपाली सिरिज र किड्स भनेर फरक फरक जनरहरूमा कन्टेन्टहरू राखिएको छ । यसबाट आफ्नो समयमा मन परेका भिडियोहरू हेर्न सकिन्छ ।

एक्सभिओडी सेवा प्रयोग गर्न शुल्क तिर्नुपर्छ ?

यो सेवा प्रयोग गर्न कुनै पनि शुल्क तिर्नु पर्दैन । डिशहोमका कुनै पनि प्याकेजका सक्रिय ग्राहकले एक्सभिओडीको मजा लिन सक्छन् ।

यदि तपाईंले रिचार्ज गर्नुभएको छैन भने एक्सभिओडी चलाउन सक्नु हुन्न । अबको केही समयपछि यसलाई पे मोड्युलमा समेत लगिँदै छ । एक्सभिओडी पे मोड्युलमा गए पनि फ्रीमा समेत कन्टेन्टहरू हेर्न सकिनेछ ।