कीवर्डहरू -

अब अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल गर्ने

अब अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल गर्ने

अमेजनले ग्राहकको फर्निचर र उपकरण इन्स्टल पनि गरिदिने सेवाको जाँच गरिरहेको छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार अमेजनले यो सेवामा सुरुमा भर्जिनिया र अरु दुई ओटा मार्केटलाई दिनेछ र त्यसपछि अरु ठाउँहरुले पाउनेछन् ।

अमेजनले अहिले पनि सेड्युल डेलिभरी नामक सेवा दिने गर्छ जसले गर्दा अमेजनका स्टाफहरु आएर ग्राहकले तोकेको समयमा सामानलाई कुनै निश्चित ठाउँमा छोडेर जान्छन् ।

केही देशहरुमा अमेजन होम सर्भिसको माध्यमले ठेकेदार नियुक्त गर्न सकिन्छ जसले घरमा उपकरणहरु इन्स्टल पनि गरिदिन्छन् । तर अहिले सम्म अमेजनले दुई ओटै सेवालाई मिलाएर दिदैन् ।

वेफेयर, बेस्ट बाई, होम डिपोट जस्ता कम्पनीहरु सामान डेलिभरी तथा इन्स्टल गर्ने गर्छन् । त्यही कारणले अमेजनले पनि यो सेवा दिन लागेको अनुमान लगाइएको छ ।

यो सेवा दिनु परेमा अमेजनले आफ्नो ड्राइभरहरुलाई कुनै उपकरण कसरी इन्स्टल गर्ने भन्ने बारे प्रशिक्षण दिनु पर्ने हुन्छ । तर ड्राइभरहरुले घरमा इन्स्टल गर्न जाँदा कोभिड लाग्न सक्ने बताएका छन् ।