गूगलले क्रोम ९० को लागि नयाँ फिचर ल्याएको छ जसले गर्दा प्रयोगकर्ताहरु सिधै हाईलाईट गरेको पेजमा पुग्न सक्छन् ।
गत साल क्रोम ९० एक्सटेन्सनको रुपमा रहेको थियो र अब क्रोम ९० क्रोमसँग आधिकारिक रुपमा आबद्ध भएको छ ।
अब यसलाई प्रयोग गर्न अन्य केही इन्स्टल गर्नुपर्दैन् । यसका लागि प्रयोगकर्ताले राईट क्लीक गरेर कपी लिङक टू हाईलाईट भन्ने विकल्प छान्नुपर्छ ।
यति गरेपछि जसलाई मन लाग्यो त्यसैलाई यूआरएल पनि पठाउन सकिन्छ । यो फिचर विद्यार्थी तथा सहकर्मीहरुका लागि एकदमै राम्रो हुने बताइएको छ । यो फिचर एन्ड्रोइड र डेक्स्टपमा उपलब्ध हुन थालेको छ ।