कीवर्डहरू -

एन्ड्रोइड १२ मा ट्रयास बिन फिचर उपलब्ध हुने

एन्ड्रोइड १२ मा ट्रयास बिन फिचर उपलब्ध हुने

एन्ड्रोइड १२ मा ट्रयास बिन सुविधा उपलब्ध हुने भएको छ ।  गूगलले एन्ड्रोइड १२ का लागि ट्रयास बिन फिचरमा काम गरिरहेको छ ।

यो फिचरको सहयोगले डिलिट भएको फाइललाई पुनः फिर्ता ल्याउन सकिने छ । यो स्टोरेज सेटिङगमा हुने फिचर हो । यसले एपहरले डिफल्ट रुपमा पाउने स्टोरेज क्षमता पनि कम हुनेछ ।

यो फिचरलाई स्कोप्ड स्टोरेज भनिने छ । एन्ड्रोइड ११ मा धेरै जसो एपमा फाइललाई खोल्न, एडिट गर्न वा थप्न एपीआई चाहिन्छ । यस्तो एपिआईहरु मध्येमा एउटा भनेको मिडियास्टोर हो ।

यसले पछि फाइलहरुलाई रिस्टोर गर्न दिन्छ । रिस्टोर गर्न ट्रयास भन्ने फिचरमा जानुपर्छ । गूगल एपको गूगल फाइलले पनि यस्तै फिचर दिनसक्ने भएको छ ।