कीवर्डहरू -

मङ्गल ग्रहमा नासाले उडायो हेलिकप्टर

मङ्गल ग्रहमा नासाले उडायो हेलिकप्टर

नासाले सफलता पूर्वक मङ्गल ग्रहमा हेलिकप्टर उडाएको छ । हेलिकप्टरको नाम इनजेन्यूटी हो । नासाले पहिलो पटक टेस्ट फ्लाईट गरेको हो ।

हेलिकप्टर १० फिट सम्म तीस सेकेण्ड उडेको थियो र त्यसपछि मार्सियन सर्फेसमा ठोक्किएको थियो । नासाले विस्तारै अरु विवरण र स्पष्ट फोटो दिने बताइएको छ ।

हेलिकप्टर उडेको क्षेत्रलाई अब राईट ब्रदर्स फिल्ड भनिने छ । मङ्गल ग्रहमा पृथ्वीको तुलनामा १ प्रतिशत मात्रै सर्फेस लेभल प्रेसर हुने गर्दछ । ग्रहमा उडेको हेलिकप्टर सोलारको ऊर्जाले चल्ने गर्दछ ।

पहिले नासाले इनजेन्यूटीलाई अप्रिल ११ मा उडाउने तयारी गरेको थियो तर सफ्टवेयरमा केही समस्या आएकाले ढिलो भएको हो । नासाले अप्रिल २२ मा दोस्रो उडाउने तयारी गरेको छ ।

इनजेन्यूटी १६० फिट माथि सम्म उडन सक्छ । यसले गर्दा अरु ग्रहमा पनि एयरक्राफ्ट उडन सक्छ ।