कीवर्डहरू -

ओप्पो एफ १९ नेपाली बजारमा, यस्ता छन् फिचर 

ओप्पो एफ १९ नेपाली बजारमा, यस्ता छन् फिचर 

ओप्पोले नेपाली बजारमा एफ १९ विक्री शुरू गरेको छ । एमोलेड फुल एचडी प्लस पञ्चहोल डिस्प्ले भएको ओप्पो एफ १९ को नेपालमा विक्री शुरू भएको हो ।

यसमा ३३ वाट फ्ल्याशचार्ज सुविधा सहितको ५ हजार एमएएचक्षमताको ब्याट्री जडान गरिएको छ । फोनमा क्वालकम स्न्यापड्रयाग्न ६६२ प्रोसेसर प्रयोग गरिएको छ । एफ १९ मा ६ जीबी र्‍याम र १२८ जीबी रोमको राखिएको छ ।

फोनमा जडित ४८ मेगापिक्सेल मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामेरा रहेको छ । एफ १९ मा सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा उपलब्ध रहेको छ ।

ओप्पो एफ १९ मा इन डिस्प्ले फिंगरप्रिन्ट सुविधा छ । फोनमा सुपर पावर सेभिङ मोड समेत रहेको छ । नेपाली बजारमा ओप्पो एफ १९ फोनको मूल्य ३४ हजार ५ सय ९० रूपैयाँ निर्धारण गरिएको छ ।