कीवर्डहरू -

२ करोड २२ लाख ग्राहकले प्रयोग गर्छन् फोरजी, कुन मोबाइल सेवा प्रदायकका कति ?

२ करोड २२ लाख ग्राहकले प्रयोग गर्छन् फोरजी, कुन मोबाइल सेवा प्रदायकका कति ?

नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ३२ हजार ४१६ पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ असारको दूरसञ्चार सूचक अनुसार फोरजी सेवा प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ३२ हजार ४१६ पुगेको हो । 

फोरजी प्रयोग गर्ने नेपाल टेलिकमका ग्राहक १ करोड ५२ लाख ८१ हजार ९३७ रहेका छन् भने एनसेलका ६९ लाख ५० हजार ४७९ रहेका छन् । 

२०८१ जेठको तुलनामा असारमा टेलिकमका ग्राहक १ लाख २४ हजार १२४ ले बढेका छन् । २०८१ जेठमा १ करोड ५१ लाख ५७ हजार ८१३ फोरजी ग्राहेक रहेकोमा असारमा आउँदा  १ करोड ५२ लाख ८१ हजार ९३७ पुगेका छन् । 

तर अर्को मोबाइल सेवा प्रदायक एनसेलका भने फोरजी ग्राहक घटेका छन् । प्राधिकरणको तथ्यांक अनुसार २०८१ जेठमा एनसेलका ७३ लाख १४ हजार ६२८ फोरजी ग्राहक थिए । त्यो संख्या असारमा आउँदा ३ लाख ६४ हजार १४९ ले घटेर ६९ लाख ५० हजार ४७९ मा आइपुगेको छ । 

यस्तै सीम सब्सक्रिप्सनका मोबाइल ब्रोडब्याण्डको बजार हिस्सा नेपाल टेलिकम अगाडि छ । नेपाल टेलिकमको बजार हिस्सा ७१. ८५ प्रतिशत रहेको छ एनसेलको २८.१५ प्रतिशत रहेको छ ।