कीवर्डहरू -

चौंथो अन्तर्राष्ट्रिय ‘इण्टेलिजेन्ट कम्प्युटिङ एन्ड कन्ट्रोल सिस्टम्स’ सम्मेलन सम्पन्न

चौंथो अन्तर्राष्ट्रिय ‘इण्टेलिजेन्ट कम्प्युटिङ एन्ड कन्ट्रोल सिस्टम्स’ सम्मेलन सम्पन्न

चौंथो अन्तर्राष्ट्रिय ‘इण्टेलिजेन्ट कम्प्युटिङ एन्ड कन्ट्रोल सिस्टम्स’ (ICOIICS–2025) सम्मेलन ललितपुरस्थित होटल हिमालयमा सफलतापूर्वक सम्पन्न भएको छ । १९ नोभेम्बरमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि प्रा. डा. सरोज शाक्यले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

सम्मेलनमा जम्मा १,०७९ अनुसन्धानपत्रहरू प्राप्त भएका मध्ये २७९ वटा प्रस्तुतीकरणका लागि स्वीकृत भएका थिए । हाइब्रिड मोडमा आयोजित उक्त सम्मेलनमा आईओई, सगरमाथा कलेज र एनसीआईटीले भौतिक उपस्थिति जनाएका थिए।

प्राविधिक सत्रहरूको अध्यक्षता कमल चापागाईंले गरेका थिए । प्रस्तुत गरिएका शोधपत्रहरूमा नेपाली लिपि, ट्राफिक नम्बर प्लेट पहिचान, ट्राफिक पूर्वानुमान लगायत इन्टेलिजेन्ट कम्प्युटिङ र कन्ट्रोल सिस्टम्स जस्ता विभिन्न उदीयमान विषयबस्तुहरू समेटिएका थिए । सो सम्मेलन नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी, IEEE, र इलेक्ट्रोन डिभाइस सोसाइटीद्वारा संयुक्त रूपमा आयोजना गरिएको थियो ।

स्वीकृत सबै शोधपत्रहरू IEEE Xplore– कम्प्लेन्ट ISBN 979-8-3315-9897-6 तथा IEEE DVD ISBN 979-8-3315-9896-9 सहितको सम्मेलन कार्यविधि (Proceedings) मा प्रकाशित हुनेछन् ।

उक्त सम्मेलनले प्रविधिगत उन्नयन, इलेक्ट्रोनिक उपकरण डिजाइन, कन्ट्रोल सिस्टमहरूको कार्यक्षमता वृद्धि तथा बुद्धिमानी कम्प्युटिङ, सूचना प्रणाली र कन्ट्रोल सिस्टम्स क्षेत्रमा नवीनतम नवप्रवर्तन, प्रवृत्ति र चुनौतीहरूको सम्बोधनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।