कीवर्डहरू -

विश्वमा बढ्दो ट्रेन्ड ‘मोबाइल मनि’

विश्वमा बढ्दो ट्रेन्ड ‘मोबाइल मनि’

\"\"

ई. बाबु पौडेल
बरिष्ठ इन्जिनियर, नेपाल टेलिकम

मोबाइल मनि नेपालको लागि विल्कुलै नयाँ ट्रेण्ड हो । केन्याको सबैभन्दा ठूलो मोबाइल अपरेटर सफारिकमले आफ्ना ग्राहकहरुका लागि मोवाइल फोनमा आधारित मनि ट्रान्सफर सर्भिसको सुरुवात २००७ मा गरेको हो, जसअन्तर्गत ग्राहकहरुले आफ्ना साथीभाइ इष्ट मित्र आदिलाई एसएमएसको माध्यमबाट पैसा पठाउन सक्ने सुविधा प्रदान गरिएको थियो ।

पहिलो मोबाइल मनी सर्भिस २००१ मा फिलिपिन्सबाट सुरुवात गरिएपनि एम–पीइएसएले यसको ट्रेण्डलाई अन्तराष्ट्रिय स्तरमा विकाशोन्मुख राष्ट्रसम्म पुर्याएको हो । हाल फिलिपिन्सको जिडिपीको १० प्रतिशत भन्दा बढि मोबाइल मनी मार्फत कारोबार हुने गरेको छ । एम–पीइएसए परम्परागत भिएएस सर्भिस जस्तो नभएर यसले २० प्रतिशत भन्दा बढि सफारिकमको राजस्व ओगट्छ ।

\"\"

मोबाइल मनी विकासकर्ताहरुको संख्या संसारमा बढ्ने क्रममा छ । २०१५ को अन्त्यसम्म आइपुग्दा संसारका ९३ राष्ट्रहरुमा मोबाइल मनी सर्भिसको सुरुवात भइसकेको छ ।

यसको सफलताको कथा जताततै भएपनि एम–पीइएसए अफ्रिकामा ब्यापक रुपमा सफल भयो जसले गरिबीमा रहेका मानिसहरुको जिवन सहज बनाउनुका साथै उनीहरुको वित्तिय अवस्था नाटकिय रुपमा परिवर्तन ग¥यो । यसको सफलताको मूख्य श्रेय त्यहाँ रहेको नियमन गर्ने वातावरण, सूचना प्रविधिको पूर्वाधार र त्यहाँका जनतामा रहेको आर्थिक साक्षारता र त्यसप्रतिको सचेतना पनि हो ।

मोबाइल मनीले ग्लोबल बैकिङ्गको अवधारणालाई नै परिवतर्न गर्ने क्रममा छ, जसले ग्लोबल बैकिङ्गमा छुट्ने गरेका ८० प्रतिशत भन्दा बढि लाई समेट्न सफल भएको छ । यो मोबाइल टेलीफोनीको अर्को ठुलो परिवर्तन बिना यस्तो छिटो सम्भब हुने थीएन । मोबाइल पेमेन्ट सर्भिस विकसित राष्ट्रको तुलनामा विकाशोन्मुख राष्ट्रहरुमा अझ बढि परिपक्क बन्दै गएको जस्तो देखिन्छ ।

सबैभन्दा रमाइलो तथ्य त विकाशोन्मुख राष्ट्रहरुमा बैक एकाउन्टको भन्दा मोबाइल मनी सर्भिस प्रयोगकर्ताहरु बढि रहेको देखिन्छ र अफ्रीकाका धेरै देश लगायत अरु उदीयमान देशहरूमा मोबाइल पैसा प्रवेशले बैंक खाता नाघेको देख्न सकिन्छ। यसले एसिया र अफ्रिकाका विकाशोन्मुख राष्ट्रहरुमा मोबाइल मनीको माग बढ्दो रुपमा रहेको स्पष्ट पारेको छ । यसको एउटा मुख्य कारण हो एसिया र अफ्रिकाका मानिसहरु सम्म औपचारिक रुपमा पुग्न नसकेको वित्तिय संस्थाहरु हो ।

\"\"

मोबाइल मनि पछिल्लो समय एउटा मूख्य परिवर्तनकारी वस्तुका रुपमा देखिएको छ जसले वैक एकाउन्ट वा बैत्तिय पहुँच नभएका ब्यक्तिहरुलाई वित्तिय संस्थासँग जोड्ने काम गरेको छ । यसरी जोड्ने काममा मुख्य भूमिका सजिलै सँग पाउन सकिने मोबाइल फोन र त्यसको घट्दो मूल्य पनि हो ।

यस प्रविधिले नेपाल जस्तो देशको आर्थिक अवस्था मात्र नभई आम मानिसको समाजिक एवम शैक्षिक अवस्था परिवर्तन गर्न समेत उल्लेखनिय भूमिका खेल्न सक्दछ ।

पछिल्ला समय नेपालले संचार प्रविधि र यसको पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनिय प्रगति गर्दै आज सूचना प्रविधि प्रत्येक गाँउपालिका र नगरपालिका सम्म विस्तार गर्न सफल भएको छ ।

मोबाइल फोन प्रयोगकर्ताको संख्याले आकास चुमिरहेको छ । नेपाल दुरसंचार प्रधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या २ करोड ७० लाख नाघेको छ जुन नेपालको कुल जनसंख्या भन्दा बढि हो । यसैगरि नेपालको साक्षरतको दर पनि बढेर ६५.९ पुगरिहेको अवस्थामा आर्थिक वृद्धि दर पनि उकालो लागिरहेको छ ।

\"\"

केन्द्रिय तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्गलाइ हेर्ने हो भने करिब ५८ प्रतिशत जनसंख्या व्यसक रहेको र त्यस मध्ये ५७ प्रतिशतले भविष्यका लागि बचत गर्ने गरेको पाइएको छ । अर्कातर्फ, ७२ प्रतिशत जनसंख्या बैंक एवम वित्तिय पहुँचमा नरहेको वा वित्तिय संस्था सम्म ३० मिनेट वा सो भन्दा बढिको दुरिमा रहेको तथ्याङ्कमा उल्लेख छ ।

विश्व वैंकका अनुसार विषेशत अल्प विकशित राष्ट्रहरुमा गरिबी निवारणकालागि वित्तिय पहुचको ठूलो भूमिका रहेको र यो ब्यापक चासोको विषय समेत बनेको छ । यीनै तथ्यगत आधारहरुबाट नोपालमा पनि मोबाइल मनीको प्रयोगमा बढोत्तरी गर्नुपर्ने जरुरी देखिएको छ र मोबाइल मनीको नेपालले राम्रो सम्भावना बोकेको छ । मोबाइल मनीले नेपालमा सफलता पाउनेमा कुनै दुइमत देखिन्न ।

यो लेख पूर्णपाठको लागि ‘लिभिंग विथ आइसिटी’ म्यागजिन डाउनलोड गर्नुहोला ।