कीवर्डहरू -

प्रविधिको क्षेत्रमा सामान वा सेवा किन्दा अक्सर प्रयोग हुने ५ शब्द, जसबाट नझुक्किनुहोस्

प्रविधिको क्षेत्रमा सामान वा सेवा किन्दा अक्सर प्रयोग हुने ५ शब्द, जसबाट नझुक्किनुहोस्

प्रविधि क्षेत्रमा उपभोक्तालाई आकर्षित गर्न प्रयोग हुने धेरै शब्दहरू वास्तवमा जति प्रभावशाली देखिन्छन्, त्यति सत्य हुँदैनन्। 

धेरैजसो कम्पनीहरूले आफ्ना उत्पादनलाई ‘विशेष’ वा ‘अनन्तकालीन’ देखाउन प्रयोग गर्ने यस्ता शब्दहरूको वास्तविकता भने अर्कै हुन्छ।

वास्तविक एउटा हुन्छ तर ग्राहकलाई लोभ्याउनका लागि देखाइएको वा प्रचार गरिएको अर्कै हुन्छ । त्यसैले त्यस्ता शब्दहरू तपाईले थाहा पाइरहन जरूरी छ । 

मिलिटरी-ग्रेड

फोन कभर वा भीपीएन जस्ता उत्पादनहरूमा प्रायः ‘मिलिटरी-ग्रेड’ भन्ने शब्द प्रयोग हुन्छ। यो सुन्दा अत्यन्त सुरक्षित वा उच्चस्तरको जस्तो लागे पनि यसको कुनै आधिकारिक मापदण्ड छैन्।

सैन्य प्रयोगमा हुने AES-128 वा AES-256 जस्ता इन्क्रिप्सन प्रोटोकलहरू सामान्य प्रयोगकर्ताले पनि दैनिक प्रयोग गर्ने हो। त्यसैले ‘मिलिटरी-ग्रेड’ भन्ने दाबी बढाइचढाइ मात्र हो।

वाटरप्रुफ

कुनै पनि उपकरण पूर्ण रूपमा ‘वाटरप्रुफ’ हुँदैन। उपयुक्त अवस्थामा पानीले सबै इलेक्ट्रोनिक उपकरणमा क्षति पुर्‍याउन सक्छ। त्यसैले यसका लागि ‘वाटर-रेसिस्टेन्ट’ शब्द प्रयोग गर्नुपर्ने हो।

अन्तर्राष्ट्रियस्तरमा IP रेटिङ प्रणालीले मात्र यथार्थमा कति पानी वा धुलो सहन सक्छ भन्ने बताउँछ। आईपी रेटिङ शुन्य छ भने त्यो पानी वा धुलो प्रतिरोधात्मक छैन् । तर जति धेरै नम्बर भयो उति राम्रो हुन्छ । 

लाइफटाइम लाइसेन्स

एक पटक भुक्तानी गरेर सधैंका लागि सफ्टवेयर प्रयोग गर्न पाउने सुविधा लोभलाग्दो लाग्छ। तर प्रायः कम्पनीहरूले आफ्नो नाफा टिकाइराख्न यस्तो मोडेललाई लामो समयसम्म कायम राख्दैनन्।

‘लाइफटाइम’ भन्नाले प्रयोगकर्ताको होइन, सफ्टवेयर वा कम्पनीको आयु जनाउन सक्छ। कम्पनी बन्द भए वा नयाँ संस्करण आयो भने पुरानो लाइसेन्स निष्क्रिय हुने जोखिम उच्च हुन्छ। 

‘अनलिमिटेड’ प्लान

मोबाइल डाटा वा क्लाउड स्टोरेजमा प्रायः ‘अनलिमिटेड’ भनिए पनि व्यवहारमा सीमा हुन्छ। धेरै टेलिकम कम्पनीहरूले निश्चित जीबी भन्दा बढी प्रयोग गरेपछि स्पीड घटाउँछन् वा अन्य सीमाहरू लगाउँछन्। सन् २०१५ मा वानड्राइभले पनि ‘अनलिमिटेड’ क्लाउड स्टोरेज हटाउनुपरेको उदाहरण अझै स्मरणीय छ।

फ्री डिभाइस अन अस

मोबाइल सेवा प्रदायकहरूले प्रायः ‘हामीसँग साइनअप गर्दा फोन निःशुल्क’ भन्ने अफर ल्याउँछन्। तर प्रायः यस्तो सुविधा महँगो प्लानमा मात्र लागू हुन्छ र लामो समय (२४–३६ महिना) सम्म सेवामा बाँधिनुपर्ने हुन्छ।

वास्तवमा उपभोक्ताले अप्रत्यक्ष रूपमा फोनको मूल्य तिर्नैपर्छ। सामान्यतया, तपाईंले आफ्नो फोन सिधैं निर्माताबाट (पहिले वा भुक्तानी योजना प्रयोग गरेर) खरिद गरेर पैसा बचत गर्न सक्नुहुनेछ ।