मोबाइल फोनमा ‘फ्लाइट मोड’ वा ‘एयरप्लेन मोड’ एउटा यस्तो सुविधा हो जुन धेरैले प्रायः मात्र हवाई यात्रा गर्दा प्रयोग गर्छन्। यो मोडले सबै वायरलेस कनेक्शनहरू अस्थायी रूपमा बन्द गर्छ, जस्तै मोबाइल नेटवर्क, वाई-फाई र ब्लुटुथ जसले गर्दा विमानको नेभिगेसन प्रणालीमा कुनै बाधा नहोस्।
तर थोरैलाई मात्र थाहा छ कि फ्लाइट मोड प्रयोग केवल उडानसमेत सीमित छैन। यो सुविधा तपाईंको दैनिक जीवनलाई पनि सजिलो बनाउन सक्छ। यहाँ फ्लाइट मोडका पाँच उपयोगी तरिका दिइएको छ, जुन तपाईँका दैनिकीमा काम लाग्न सक्छन्।
-
ब्याट्री बचाउने स्मार्ट तरिका
जब नेटवर्क कमजोर हुन्छ, फोन निरन्तर सिग्नल खोज्दै गर्दा ब्याट्री छिट्टै खाँदै जान्छ। फ्लाइट मोड अन गर्दा त्यो खोज बन्द हुन्छ र फोनको ब्याट्री दीर्घकालसम्म टिक्छ। -
छिटो चार्ज गर्न (फास्ट चार्जिङ)
यदि तपाईँ चाहनुहुन्छ फोन छिटो चार्ज होस् भने चार्जिङअघि फ्लाइट मोड अन गर्नुस्। यसले नेटवर्क गतिविधि रोक्छ र फोन करिब २०–२५ प्रतिशत छिटो चार्ज हुन सक्छ। -
बच्चाहरुका लागि सुरक्षित मोड
जब तपाइँ बच्चालाई फोनमा गेम वा भिडियो देखाउन दिनुहुन्छ, फ्लाइट मोड अन राख्नु राम्रो हुन्छ। यसले इन्टरनेट बन्द गर्दछ र बच्चाले कुनै साइट वा एप पहुँच गर्न सक्दैन। -
तातिन नदिन मद्दत गर्छ
कम नेटवर्क भएका स्थानमा फोन सिग्नल खोज्न खोज्न तत्न थाल्छ। फ्लाइट मोडले त्यो प्रक्रिया रोक्छ र फोनको तापक्रम घट्छ, जसले ब्याट्रीलाई पनि लामो बनाउन सहयोग पुर्याउछ। -
ध्यान केन्द्रित गर्ने उपयुक्त उपाय
पढाइ, काम वा ध्यान (मेडिटेसन) गर्दा पटक–पटक आउँने कल र नोटिफिकेशनले ध्यान भंग गर्छ। फ्लाइट मोड अन गरेर तपाइँ डिस्ट्र्याक्सन-फ्री वातावरण बनाउन सक्नुहुन्छ। -
के फ्लाइट मोडमा इन्टरनेट चलाउन सकिन्छ?
हो, फ्लाइट मोड अन भएपनि तपाइँ म्यान्युअली वाई-फाई र ब्लुटुथ अन गर्न सक्नुहुन्छ। यसको अर्थ, मोबाइल नेटवर्कविना नै वाई-फाई मार्फत इन्टरनेट चलाउन र वायरलेस डिभाइसहरू जडान गर्न सकिन्छ।