कीवर्डहरू -

५० चिनियाँ कम्पनीले मिलेर बनाए ‘सुपर केबल’, विस्थापित होला त यूएसबी सी ?

५० चिनियाँ कम्पनीले मिलेर बनाए ‘सुपर केबल’, विस्थापित होला त यूएसबी सी ?

तपाईंले आफ्ना फरक‑फरक डिभाइसहरूको लागि फरक‑फरक केबल प्रयोग गर्नुभएको होला - जस्तै टीभीका लागि एचडीएमआई केबल, फोन चार्जिङका लागि यूएसबीसी र इन्टरनेटका लागि एलएएन केबल, तर अब यस्तो देखिन्छ कि यी सबै अब पूरानो केबल मानिनेछन् ।

किनकी जीपीएमआई, अर्थात् जनरल पर्पस मिडिया इन्टरफेस नामक नयाँ अल‑इन‑वन केबल इन्टरफेसले टेक्नोलोजीको दुनियाँमा नयाँ क्रान्ति ल्याएको छ। वास्तवमा, जीपीएमआई एउटा यस्तो केबल हो जसले भिडियो, अडियो, इन्टरनेट डाटा र बिजुली यी सबैलाई एउटै तार मार्फत एकैसाथ पठाउन सक्छ।

रोचक कुरा के छ भने यो प्रविधि ५० भन्दा बढी चिनियाँ कम्पनीहरूले मिलेर विकास गरेको हो, जसमा हिसेन्स, स्काइवर्थ, टीसीएल जस्ता ठूला ब्रान्डहरू पनि छन्।

जीपीएमआई के हो र किन विशेष?

जीपीएमआई को उद्देश्य हो 'वन केबल फर अल' बन्नु, अर्थात् अब प्रत्येक डिभाइसका लागि छुट्टै केबलको झन्झट हुँदैन। जीपीएमआई दुई भेरियन्टमा उपलब्ध छ:

  • टाइप‑सी जीपीएमआई: यएसबीसी पोर्टमार्फत जडान हुन्छ, ९६ जीबीपीएस स्पीड र २४० वाट पावर सपोर्ट प्रदान गर्छ।

  • टाइप‑बी जीपीएमआई: विशेष कनेक्टरसँग आउँछ, १९२ जीबीपीएस स्पीड र ४८० वाट पावर सपोर्ट दिन्छ।

यी दुबै भेरियन्टले विद्यमान युएसबीसी र एचडीएमआईमा भन्दा धेरै उच्च डाटा थ्रूपुट र पावर डेलिभरी प्रदान गर्छन्।

जीपीएमआईका फाइदा

  • एउटै केबलले भिडियो, अडियो, डाटा ट्रांसफर र बिजुली एकैसाथ सप्लाइ गर्न सक्छ।

  • भविष्यमा एचडीएमआई, डिस्प्ले पोर्ट र थण्डरबोल्ट को विकल्पबारे सोच्न पनि सकिन्छ।

  • 8K भिडियो सपोर्ट, मल्टि‑डिभाइस कनेक्शन र हाई‑स्पीड डाटा ट्रांसफर मा गेम‑चेन्जर।

  • निकट भविष्यमा यो प्रविधि विश्वव्यापी स्ट्यान्डर्ड बन्न सक्ने सम्भावना।

जीपीएमआईले भविष्यको डाटा र पावर कनेक्टिविटी अझ सहज र प्रभावकारी बनाउनेमा ठूलो भूमिका खेल्नेछ।