कीवर्डहरू -

टिकटकमा भिडियो अपलोड गर्न समस्या, स्याडोब्यान गरेको आशंका

टिकटकमा भिडियो अपलोड गर्न समस्या, स्याडोब्यान गरेको आशंका

टिकटकमा धेरै प्रयोगकर्ताहरुले अहिले भिडियो अपलोड गर्न सकिरहेका छैनन् । एप चलाउन मिलेको भए पनि भिडियो अपलोड गर्दा समस्या आईरहेको छ ।

धेरै प्रयोगकर्ताका अनुसार भिडियो प्रोफाइलमा देखाउँछ तर फलोअरहरुलाई देखाइरहेको छैन् । टिकटकले भिडियो रिभ्यू भईरहेको छ भनेर नोटिफिकेसन दिने गर्छ ।

डाउनडिटेक्टर डटकमको अनुसार अहिले धेरै देशहरुले यही समस्या भोग्नुपरिरहेको छ । टिकटकले यो समस्याको बारेमा थाहा पाएको र यसलाई ठिक गर्न काम गरिरहेको पनि बताएको छ ।

ठिक गर्ने प्रक्रिया कुन अवस्थामा छ भनेर अपडेट पनि दिइरहने टिकटक बताएको छ । प्रयोगकर्ताहरुले एपलेनै स्याडोब्यान गरेर प्रयोगकर्ताहरुको भिडियो अरुको फिडमा नदेखाएको शंका गरेका छन् ।

धेरैले अहिले डेरेक चाउभीन ट्रायलको बारेमा भिडियो हाल्न खोजिरहँदा यो समस्या आएको पनि आशंका गरिएको छ ।