कीवर्डहरू -

नयाँ डिजाइनमा एप्पलले सार्वजनिक गर्‍यो एमवान प्रोसेसर प्रयोग भएको आईम्याक

नयाँ डिजाइनमा एप्पलले सार्वजनिक गर्‍यो एमवान प्रोसेसर प्रयोग भएको आईम्याक

एप्पलले नयाँ डिजाइनमा एमवान चीप प्रयोग भएको आईम्याक सार्वजनिक गरेको छ । यो विभिन्न रङगको पेस्टल कलरमा सार्वजनिक भएको छ । आईम्याक २४ इन्चको मोडेलबाट सुरु हुुन्छ ।

यसमा ४.५ के रेटिना डिस्प्ले रहेको छ । स्क्रीन पनि एकदमै पातलो रहेको छ । त्योसँगै म्याकमा फेसटाइमका लागि ठूलो ईमेज सेन्सर भएको १०८० पिक्सेलको फेसटाइम क्यामेरा पनि राखिएको छ ।

यसले एमवान प्रोसेसरसँग मिलेर ह्वाइट ब्यालेन्स मिलाउने, हल्ला घटाउने र एक्सपोजर सेटिङग मिलाउने जस्ता फिचरहरु दिने गर्छ । एमवान चीपले गर्दा आईम्याकको प्रस्तुति दर राम्रो हुनेछ ।

एप्पलको अनुसार नयाँ आईम्याकले पहिलाको तुलनामा ५० प्रतिशत कम आवाज उत्पादन गर्ने गर्छ किनभने यसमा सानो फ्यानको प्रयोग गरिएको छ ।

एप्पलले नयाँ कम्प्युटरसँगै म्याजिक किबोर्डपनि दिने भएको छ । त्यसै गरी आईम्याकमा टचआइडी सपोर्ट पनि रहेको छ । आईम्याकको मूल्य १ हजार २९९ देखि १ हजार ४९९ सम्म पर्ने गर्छ ।

महङ्गो मोडेलमा तीन ओटा युएसबी पोर्ट, दुई ओटा थण्डरबोल्ट पोर्ट र ईथरनेट ज्याक पनि रहेका छन् ।