कीवर्डहरू -

एप्पलले सार्वजनिक गर्‍यो आइप्याड प्रोको नयाँ भर्सन, फाइभजी पनि सपोर्ट गर्ने

एप्पलले सार्वजनिक गर्‍यो आइप्याड प्रोको नयाँ भर्सन, फाइभजी पनि सपोर्ट गर्ने

एप्पलले आइप्याड प्रोको नयाँ भर्सन सार्वजनिक गरेको छ । आइप्याड प्रोको नयाँ भर्सन एउटा मोडेल ११ इन्चको छ भने अर्काे मोडेल १२.९ इन्चको छ । क्यामेरा हुने ठाउँ पहिलेको मोडेल भन्दा अलि फ्ल्याट रहेको छ ।

आइप्याड प्रोको डिस्प्लेमा पनि केही परिवर्तन गरिएको छ । यस पटक आइप्याडमा मिनी एलईडी ब्याकलाइटिङ सिस्टम पनि राखिएको छ ।

यसले ब्राइटनेस बढी दिने गर्दछ । यो आईप्याडको राम्रो पक्ष भनेको यसमा पनि एप्पलको आफ्नै एमवान चीपसेट प्रयोग गरिएको छ ।

यही चीपसेट म्याकबुक एयर र प्रो मोडेलमा प्रयोग गरिएको छ । एप्पलले उक्त प्रोसेसर आईम्याकमा पनि प्रयोग गरेको हो । आइप्याड प्रोमा युएसबी–सी पोर्ट, थण्डरबोल्ट पोर्ट र युएसबी ४.० सपोर्ट रहेको छ ।

यसले गर्दा वायर्ड कनेक्सनको ब्याण्डविथ ४० जिबिएस सम्म हुने कम्पनीले बताएको छ । यसमा एकदमै ठूलो एक्सटर्नल स्टोरेज र हाई रिजोल्युसन डिस्प्ले पनि रहेको छ ।

प्रोमा फाइभ जी सपोर्ट रहेको छ । भिडियो कललाई ध्यानमा राख्दै १२ मेगापिक्सेलको अल्ट्रा वाइड फ्रन्ट क्यामेरा पनि राखिएको छ । यसमा अनबोर्ड स्टोरेज २ टेराबेटको रहेको छ ।

एप्पलले आइप्याड प्रोलाई अहिले सम्मकै शक्तिशाली र उन्नत आइप्याड भनेको छ । आइप्याड प्रोको दुवै मोडेल अप्रिल ३० देखि प्रि अर्डर गर्न सकिन्छ । यसको मूल्य १ हजार ८९९ डलर देखि २ हजार ३९९ रहेको छ ।