कीवर्डहरू -

सन् २०२२ सम्ममा टोयोटाले विद्युतीय कार प्रयोगमा ल्याउने

सन् २०२२ सम्ममा  टोयोटाले विद्युतीय कार प्रयोगमा ल्याउने

टोयोटाको पहिलो विद्युतिय कार सन् २०२२ देखि प्रयोगमा आउने भएको छ । टोयोटाले सन् २०२५ सम्ममा कार्बन न्युट्रल बन्ने लक्ष्य राखेको छ ।

फेब्रुअरीमै टोयोटाले सन् २०२१ को अन्त्यसम्ममा तीन ओटा विद्युतीय गाडी निकाल्ने बताएको थियो । यसमध्ये दुई ओटा पूर्ण विद्युतिय मोडेल हुने छन् भने एउटा चाँहि प्लग इन हाइब्रिड हुनेछ ।

सन् २०२५ को अन्त्यसम्ममा टोयोटाले ७० ओटा बेग्लाबेग्लै विद्युतिय कार बेच्ने लक्ष्य राखेको छ जसमा १५ पूर्ण विद्युतिय मोडेल हुनेछन् । त्यसमध्ये आदि भन्दा बढी गाडीहरु कम्पनीको नयाँ बियोण्ड जिरो ब्राण्डमा पर्ने बताइएको छ ।

जापान र चीनमा कारको निर्माण सकिने बित्तिकै टोयोटाले कार प्रयोगमा ल्याउनेछ । टोयोटाले पिकअप ट्रकलाई पनि विद्युतिय बनाउने लक्ष्य राखेको छ ।