कीवर्डहरू -

फाइभजीमा लगानी बढाउँदै रियलमी

फाइभजीमा लगानी बढाउँदै रियलमी

रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले फाइभजीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताएका छन् । सीईओ लिका अनुसार कम्पनीले फाइभजी अपग्रेड तथा विश्वमा अधिकतम प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको छ ।

रियलमीले आफ्नो फाइभजी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्रपूर्ण रुपमा सुलभ फाइभजी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकवर्ग माझ पुर्‍याइसक्ने कम्पनीले लक्ष्य लिएको छ ।

पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राख्ने र त्यस पश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका फाइभजी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाइएको छ ।

यसैगरी रियलमीले विश्वभर सातवटा फाइभजी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोत साधनसहित थप ३ करोड अमेरिकी डलर फाइभजी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।