कीवर्डहरू -

मनिग्रामका ग्राहकले अब बैंक खाता वा इसेवामा रकम पठाउन सक्ने

मनिग्रामका ग्राहकले अब बैंक खाता वा इसेवामा रकम पठाउन सक्ने

मनिग्राम र इसेवा मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सम्झौता अनुसार विश्वभर रहेका मनिग्रामका ग्राहकहरुले सिधैँ बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

खाता निक्षेप सेवा सुरु भइसकेको छ । त्यस्तै इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको बताइएको छ ।

भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफले यस साझेदारीले नेटवर्कको विस्तार र थप डिजिटल वृद्धि गर्न उत्साहीत बनाएको बताए ।

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देश लगायतमा धेरै नेपाली आप्रवासीले मनीग्राम र इसेवाको साझेदारीपछि संसारभरी बाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

रकम पठाउन साधारण रिसिभर विवरण भरे पुग्छ । यस सेवाले पठाउने र पाउने दुवैलाई झन्झट नहुने जनाइएको छ ।