कीवर्डहरू -

बैंक तथा वित्तीय संस्था सम्बन्धि गुनासो अब अनलाइनबाटै दर्ता गर्न सकिने, यस्तो छ तरिका 

बैंक तथा वित्तीय संस्था सम्बन्धि गुनासो अब अनलाइनबाटै दर्ता गर्न सकिने, यस्तो छ तरिका 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुको गुनासो सुन्न नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकबाट अनुमति लिएका वित्तीय संस्थाहरूका सेवाग्राहीको गुनासो सुन्न र समाधान गर्न पोर्टल शुरू गरिएको हो ।

वित्तीय ग्राहकको हित संरक्षण गर्न गुनासो पोर्टल शुरु गरिएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय संस्थाबाट असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहार भएमा गुनासो गर्न सकिने छ ।

यस्तो छ गुनासो दर्ता गर्ने प्रक्रिया

सबैभन्दा पहिले वित्तीय संस्थासँग सम्बन्धित गुनासो दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ आफ्नो विवरण भर्नुहोस्, कुन वित्तिय सेवा प्रदायक हो छान्नुहोस र गुनासोको विवरण राखेर सबमिट गर्नुहोस् ।

यति गरेपछि गुनासो दर्ता भएको जानकारी र दर्ता नम्बर इमेलमा प्राप्त हुनेछ । इमेलबाट सो जानकारी पाइसकेपछि यहाँ क्लिक गरी आफ्नो दर्ता नम्बर राखेर गुनासोको स्थिति थाहा पाउन सकिने छ । दर्ता भएको उक्त गुनासोको अन्तिम जानकारी इमेबाट गराइने छ ।