कीवर्डहरू -

प्रोफेसनल प्रोफाइल परीक्षण गर्दै ट्विटर, कसले प्रयोग गर्न सकिन्छ ? 

प्रोफेसनल प्रोफाइल परीक्षण गर्दै ट्विटर, कसले प्रयोग गर्न सकिन्छ ? 

विश्वको लोकप्रिय सामाजिक सञ्जाल ट्विटरले नयाँ प्रोफाइलको टाइप परीक्षण गरिरहेको जानकारी दिएको छ । जसलाई ‘प्रोफेसनल प्रोफाइल’ भनिएको छ ।

प्रोफेसनल प्रोफाइल बिजनेसेस, प्रकाशक तथा क्रियटर लगायतले प्रयोग गर्न सक्नेछन् । उक्त प्रोफाइलमा आफ्नो बिजनेसको बारेमा स्पेसिफिक जानकारी देखाउन सकिने ट्विटरले जनाएको छ ।

ट्विटरको ट्विटर बिजनेस अकाउन्टबाट प्रोफेसनल प्रोफाइलको एउटा फोटो सार्वजनिक गरिएको छ । जसमा बिजनेसको नाम, बिजनेसको बारेमा, डिरेक्सन र कन्ट्याक्ट राख्न सकिने देखाइएको छ ।

Like our new look? Today we’re launching an exciting test of a new profile type called Professional Profiles! pic.twitter.com/fAnzzMN1tL

— Twitter Business (@TwitterBusiness) April 21, 2021