कीवर्डहरू -

मनाङमा पनि विस्तार भयो क्यान महासंघ

मनाङमा पनि विस्तार भयो क्यान महासंघ

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको शाखा मनाङमा पनि विस्तार भएको छ । यो क्यान महासंघको ६७ औं शाखा हो ।

नम नारायण मल्लको संयोजकत्वमा गठन भएको ५ सदस्यी प्रबन्ध समितिको सदस्यमा कृष्ण गुरुङ, बिनोद गुरुङ, शुशिला गुरुङ र बुधराज गुरुङ रहेका छन् ।

उक्त कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यता, चामे गाँउपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले,केन्द्रीय महासचिव नारायण थापा, केन्द्रिय सदस्य तथा जिल्ला विस्तार तथा सदस्यता समितिका सह-अध्यक्ष श्री सुदिप शर्माको उपस्थिति रहेको थियो ।

त्यस्तै शाखा विस्तार कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष तुल्सिराम पाण्डे,गण्डकी प्रदेशका सचिव केशव राज भट्टराई, लमजुङ जिल्ला अध्यक्ष कृष्ण भुसाल तथा लमजुङ जिल्ला सचिव राजेन्द्र दुलालको पनि उपस्थितिमा रहेको थियो ।