कीवर्डहरू -

अब एक घण्टामै अनलाइनबाट डिम्याट खाता खोल्न सकिने 

अब एक घण्टामै अनलाइनबाट डिम्याट खाता खोल्न सकिने 

अब अनलाइनबाटै एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने छ । एनआईसी क्यापिटलका अनुसार देशको जुनसुकै ठाउँबाट अनलाइनबाटै १ घण्टामा डिम्याट खाता खोल्न सकिने छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले विगत लामो समय देखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान पनि सञ्चालन गर्दै आएको छ । डिम्याट खाताको पहुँच आम जनता माझ पुर्‍याउन क्यापिटलले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न साह्रै गाह्रो भएको जनगुनासो बारम्बार आएपछि त्यसलाई सहज बनाउन क्यापिटलले नयाँ व्यवस्था मिलाएको हो ।

आगामी सार मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता निःशुल्क खोल्न सकिने छ । एनआईसी क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्न यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ आफ्नो विवरण भरेर पठाएपछि १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध हुनेछ । यो सुविधा आइतबार देखि बिहीबार सम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साथै हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्न स्वयंम व्यक्ति उपस्थित हुनुपर्ने हुँदा अनलाईन मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरु खाता खोलेको मितिले १५ दिन भित्र एन आई सी एशिया क्यापिटल लिमिटेड वा आफुलाई पायक पर्ने कुनैपनि नजिकको एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयमा संक्कल नागरिकता लिई स्वयंम उपस्थित हुनुपर्ने छ ।