कीवर्डहरू -

९ महिनामा ५ अर्ब बढीको ल्यापटप आयात

९ महिनामा ५ अर्ब बढीको ल्यापटप आयात

नेपालमा कोराना महामारी बढ्दै जाँदा मोबाइल तथा ल्यापटपको आयातमा वृद्धि भएको छ । कोरोना महामारी शुरू भएपछि वर्क फ्रम होम र अनलाइन कक्षाको प्रयोग बढेसँगै मोबाइल र ल्यापटपको आयात उच्च भएको हो ।

पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ अर्ब बढीको ९२ हजार ९७३ थान ल्यापटप तथा नोटबुक आयात भएका छन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत सम्म ५ अर्ब १२ करोड ६६ लाख ७३ रूपैयाँको ९२ हजार ९७३ थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका छन् ।