कीवर्डहरू -

लैनचौरमा खेल मैदान बनाउँदै एनसेल

लैनचौरमा खेल मैदान बनाउँदै एनसेल

एनसेल आजियाटा लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौंको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्ने भएको छ ।

यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा शहर निर्माणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ ।

यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थानलगायतका विषेशता रहने एनसेलले जनाएको छ । यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ ।

एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

समझदारी अनुसार एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरहेको छ ।

ग्राउन्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरूका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था गरिने एनसेलले जनाएको छ ।