कीवर्डहरू -

माइक्रोसफ्ट र बेलायतले विश्वको सबैभन्दा शक्तिशाली मौसम सुपरकम्प्युटर बनाउने

माइक्रोसफ्ट र बेलायतले विश्वको सबैभन्दा शक्तिशाली मौसम सुपरकम्प्युटर बनाउने

माइक्राेसफ्ट र बेलायतकाे सयुक्त सहकार्यमा विश्वकाे सबैभन्दा शक्तिशाली माैसम सुपर कम्प्युटर बन्ने भएकाे छ । बेलायतकाे माैसम सेवा मेट अफिसले याे प्राेजेक्टका लाखौं डलर पाउन्ड खर्च गर्न सम्झौता गरेकाे हाे ।        यसले एकदमै विस्तृत तरिकाले मौसमको मोडेल बताउनेछ । यो सुपरकम्प्युटरले १६ हजार ट्रिलियन क्यालकुलेसन एक सेकेण्डमै गर्ने सक्ने माइक्रोसफ्टले बताएको छ ।

यसले भविष्यमा पनि नराम्रो मौसम अवस्थाहरुबाट जोगिन मद्दत पुर्‍याउने विश्वास गरिएको छ । यो सुपरकम्प्युटरलाई शतप्रतिशतनै नवीकरणीय स्रोतहरबाट ऊर्जा प्रदान गरिनेछ ।

यो सेटअपले आफ्नो पहिलो वर्षमानै ७ हजार ४१५ टन कार्बन बचत गर्ने अनुमान लगाइएको छ । यसले आँधी आउँदा पनि बच्न सजिलो पार्नेछ । त्यस्तै एकदमै भारी वर्षा वा बाढिको बारेमा पनि यसले पूर्वजानकारी दिन सक्ने छ ।

यसले दुर्गम क्षेत्रशरुलाई पनि एक्दमै सहयोग पुर्‍याउने सरकारको विश्वास रहेको छ । सुपरकम्प्युटरमा २ लाख ८५ हजार सिपियू कोर र १० हजार जीपीयू हुने बताइएको छ ।