कीवर्डहरू -

वानप्लस वाचमा नयाँ अपडेट आउँदै

वानप्लस वाचमा नयाँ अपडेट आउँदै

वानप्लसको वाचमा अब अल्वेज अन डिस्प्लेको अपडेट आउने भएको छ । धेरै प्रयोगकर्ताहरुले नकारात्मक रिभ्यू दिएपछि यो अपडेट आउन लागेको हो । सुरुमा यो अपडेट अमेरिका र क्यानेडामा रोल आउट हुनेछ ।

त्यसपछि विस्तारै यो अर क्षेत्रका लागि पनि उपलब्ध हुने जनाइएको छ । त्योसँगै कम्पनीले बग फिक्स गर्ने र प्रणालीमा पनि स्थिरता ल्याउने बताएको छ । वानप्लसले जीपीएसको परफर्मेन्समा पनि सुधार ल्याउने बताएको छ ।

कुदने र हिँडनेको एक्टीभीटी ट्रयाकमा पनि अपडेट ल्याइनेछ । यो अपडेटले मुटुको दर हेर्ने मनिटर र नोटिफिकेसनको अल्गोरिदममा पनि सुधार गर्ने बताइएको छ ।

हिडँदा १० हजार पाईला जति वाचले नगनेको पाइएको थियो । एन्ड्रोइड ६.० चल्ने स्मार्टफोन भएमा घडीको क्यामेरा सजिलै चलाउन सक्ने वानप्लसले बताएको छ ।