कीवर्डहरू -

सस्तोडिलमा लगानी गर्दै ई-कमर्स बजारमा प्रवेश गर्‍यो आईएमई ग्रुप

सस्तोडिलमा लगानी गर्दै ई-कमर्स बजारमा प्रवेश गर्‍यो आईएमई ग्रुप

नेपालको ठूलो मध्येको एक व्यवसायीक घराना आईएमई ग्रुप ईकमर्स बजारमा प्रवेश गरेको छ । आईएमई ग्रुपले नेपालको लोकप्रिय ई-कमर्स कम्पनी सस्तोडिलमा लगानी गरेसँगै ईकमर्स बजारमा प्रवेश गरेको हो ।

बी सिरिजको फण्डरेज राउण्डमा सस्तोडिलले आईएमई ग्रुपबाट लगानी उठाएको हो । सस्तोडिलमा आईएमईले कति लगानी गर्‍यो त्यो भने खुलाइएको छैन् ।

सस्तोडिलमा यसअघि डोल्मा इम्प्याक्ट कोषले थप १ मिलियन डलर लगानी गरेको थियो । सस्तोडिलले भारतको इकमर्स कम्पनीले फ्लिपकार्टसँग पनि सहकार्य गरेको छ । जसले गर्दा  फ्लिपकार्टमा उपलब्ध भएका सामान सस्तो डिलबाट खरिद गर्न सकिन्छ ।

सस्तोडिल सन् २०११ मा ५० हजार रुपैयाँ लागानीमा सुरु भएको ईकमर्श कम्पनी हो । कम्पनीको वेबसाइट र मोबाइल एपबाट आफुलाई आवश्यक पर्ने विभिन्न सामानहरु खरिद गर्न सकिन्छ ।