कीवर्डहरू -

एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने

एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने

बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ ।

प्रबन्ध निर्देशक सुदिप आचार्य र एफसी चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्वारा एफ.सी. चितवनलाई प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

भरत खवास मार्कि प्लेयर रहेका एफसी चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, इजिप्सियन खेलाडीद्वय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् ।

मेघराज केसीको प्रशिक्षणमा रहेको एफसी चितवनमा विकास खवास, विकास तामाङ, विवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की, विशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारीलगायतका खेलाडीहरु रहेका छन् ।

खेल वैशाख ११ देखि शुरु हुँदै छ । भने एफसी चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफ.सी. विरुद्ध खेल्नेछ ।

नेपाल स्पोर्टस् इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लवले ट्रफिको लागि प्रतिस्पर्धा गर्नेछन् । सबै २५ खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।