कीवर्डहरू -

नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक, कति छ मूल्य ? 

नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक, कति छ मूल्य ? 

नेपालमै बनेको पहिलो विद्युतीय (इलेक्ट्रीक) बाईक यात्री सार्वजनिक भएको छ । शुक्रबार यात्री मोटरसाइकलले आफ्ना २ मोडेल सार्वजनिक गरेको हो ।

कम्पनीले विकास गरेको यात्री इलेक्ट्रीक बाईकका दुई मोडल पी जेरो र पी वानको प्रि बुकिङ्ग शुरु भएको छ । यात्री मोटरसाइकलको वेबसाइट बाट यी मोटरसाइकलको प्रि-बुकिङ गर्न सकिने छ ।

यात्री पी जिरो माटरसाइकल केवल २.५ सेकेन्डमा नै शुन्यदेखि ६० किलोमिटरको स्पीड भेटाउन सकिने छ । यसको उच्चगति क्षमता भने १४० किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा इलेक्ट्रिक मोटरले ६४ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पी जिरो मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ । जसलाई दुई घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

कम्पनीले पी जिरो मोडलमा ७ इन्चको टिएफटी डिस्प्ले दिएको छ । पहिलो मोडलमा फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता फिचरहरु रहेका छन् ।

अगाडि ३२० एमएम डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक रहेको छ । यात्री पि जिरोको बजार मूल्य १९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी यात्री पि वानको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । चेन ड्राइभ सिस्टममा तयार भएको पी वानमा १७ इन्चको टायर प्रयोग गरिएको छ । यात्री पी वान बाईकको मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।