कीवर्डहरू -

आइएमई पेका नयाँ प्रयोगकर्ताले सय रूपैयाँ लोड गर्दा सयनै बोनस पाउने

आइएमई पेका नयाँ प्रयोगकर्ताले सय रूपैयाँ लोड गर्दा सयनै बोनस पाउने

आइएमई पेले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत १ सयमा १ सय नै बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरेर कुनै पनि माध्यमबाट आइएमई पे वालेटमा १ सय रूपैयाँ जम्मा गर्नु पर्नेछ ।

जसमा १ सय नै बोनस रकम तत्काल प्राप्त गर्न सकिने आइएमईले जनाएको छ । यसका लागि केवाईसी फारम भने प्रमाणित हुनुपर्नेछ ।

यसरी ‘आइएमई पे’ मा मौज्दात हुन आउने रकम मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवं सरकारी दस्तुर, टिकट आदिको भुक्तानमा प्रयोग गर्न सकिने छ ।

यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सकिन्छ । यो योजना अप्रिल २१ देखि मे २१ सम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ ।