कीवर्डहरू -

कोरोना कहरमा फाइबर नेट विस्तार उत्साहजनक, नेपाल टेलिकम र वर्ल्डलिंकले जोडे ६३ हजार नयाँ ग्राहक 

इन्टरनेट सेवा प्रदायकहरुले फाइबर नेट विस्तारमा ध्यान दिएका छन् ।

कोरोना कहरमा फाइबर नेट विस्तार उत्साहजनक, नेपाल टेलिकम र वर्ल्डलिंकले जोडे ६३ हजार नयाँ ग्राहक 

मुलुकमा कोरोना संक्रमणको दश महिनामा फाइबर नेट बिस्तार उत्साहजनक भएको छ ।

अन्य प्रविधिभन्दा गुणस्तरीय मानिएको फाइबर नेट काठमाडौंलगायतका सहरमा लोकप्रिय भएको छ। 

बैशाखदेखि माघसम्म दश महिनामा अग्रणी इन्टरनेट सेवा प्रदायकहरुले फाइबर नेट विस्तारमा ध्यान दिएका छन् । त्यसमध्ये यस अवधिमा नेपाल टेलिकम र वर्ल्डलिंक फाइबर नेट विस्तारमा अगाडि आएका छन् । 

दुवै कम्पनीबीच फाइबर नेटका ग्राहक बनाउन तीव्र प्रतिस्पर्धा देखिन्छ । दुवै कम्पनीले दश महिनामा ६३ हजारभन्दा धेरै फाइबर नेटका ग्राहक जोडेका छन् । 

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फाइबर नेट विस्तारमा नेपाल टेलिकम अगाडि छ । उसले बैशाखदेखि माघसम्म ६३ हजार ८ सय ६६ जना नयाँ फाइबर नेट ग्राहक जोडेको छ । वैशाखमा २७ हजार १० जना फाइबर नेटका ग्राहक रहेकोमा माघसम्म ९० हजार ८ सय ७६ पुगेका छन्। 

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फाइबर नेट विस्तारमा नेपाल टेलिकम अगाडि छ । उसले बैशाखदेखि माघसम्म ६३ हजार ८ सय ६६ जना नयाँ फाइबर नेट ग्राहक जोडेको छ ।

त्यस्तै वर्ल्डलिंकले वैशाखदेखि माघसम्म फाइबर नेटमा ६३ हजार ३ सय २० जना ग्राहक थपेको छ ।  वल्र्डलिंकका बैशाखमा फाइबर नेटका ३ लाख ८६ हजार २ सय ८ ग्राहक रहेकोमा माघमा ४ लाख ४९ हजार ५ सय २८ पु¥याएको छ ।

त्यस्तै, सुविसुले ३२ हजार ४ सय ५१ जना थपेको छ । सुविसुका माघमा ९२ हजार १ सय ६९ जना फाइबर नेटका ग्राहक रहेकोमा बैशाखमा १ लाख २४ हजार ६ सय २० पु¥याएको छ।

भायनेटले दश महिनामा २६ हजार ४ सय १७ जना फाइबर नेटका ग्राहक वृद्धि गरेको छ । वैशाखमा भायनेटका फाइबर नेट ग्राहक १ लाख ६ हजार २५ रहेकोमा माघमा १ लाख ३२ हजार ४ सय ४२ पुगेका छन् । 

त्यस्तै, क्लासिक टेकले  ३ हजार १ सय ७६ जना थपेको छ। क्लासिक टेकका वैशाखमा फाइबर नेटका ग्राहक ९९ हजार ५ सय ३१ रहेकोमा माघसम्म १ लाख २ हजार ९ सय ७ पुगेका छन् ।