कीवर्डहरू -

वुमन इन इन्फोरमेसन टेक्नोलोजीले ग्राफिक्स डिजाइन प्रतिस्पर्धा आयोजन गर्दै, यस्ता छन् नियम 

अंग्रेजी वा नेपाली दुवै भाषामा ब्यानर बनाउन सकिने छ ।

वुमन इन  इन्फोरमेसन टेक्नोलोजीले ग्राफिक्स डिजाइन प्रतिस्पर्धा आयोजन गर्दै, यस्ता छन् नियम 

गर्लस् इन आइसिटी डे २०२१ को अवसरमा वुमन इन इन्फोरमेसन टेक्नोलेजी (डब्लुआईआईटी)ले ग्राफिक डिजाइन प्रतिस्पर्धा गर्ने भएको छ ।

यो प्रतिस्पर्धामा भाग लिन आइसिटीमा महिला प्रोत्साहन भन्ने थिमसँग मेल खानुपर्ने आयोजकले बताएको छ।  यो कार्यक्रममा २२ वर्षसम्मका छात्राहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।

यसका लागि प्रतिस्पर्धीहरुले डिजिटल ब्यानर बनाउनु पर्ने छ । इच्छुक प्रतिस्पर्धीहरुले विद्यार्थी परिचयपत्र वा नागरिक्ताको प्रतिलिपीसहित आफ्नो ग्राफिक डिजाइन पठाउनु पर्नेछ ।

डिजाइनको एसपेक्ट रेसियो ६४०x४८० पिक्सेल हुनुपर्छ र रिजोल्युसन ३०० रेसरडिपिआई हुनुपर्ने आयोजकले जनाएको छ । त्यस्तै फोटो पनि जेपिजी वा पिएनजीको फर्मयाटमा हुनुपर्छ । फाइल साइज ८ एमबीभन्दा बढिको नबनाउन आयोजकले आग्रह गरेको छ।

अंग्रेजी वा नेपाली दुवै भाषामा ब्यानर बनाउन सकिने छ । ईमेजको साइज ६४० चौडाई र ४८० लम्बाईको हुनुपर्ने छ ।

आफ्नो डिजाइन ५ मे, २०२१ भित्रमा गल्र्स इन आइसिटीको वेबसाइटमा आवेदन भरेर पठाउनुपर्ने छ ।

कार्यक्रमको विजेता डब्लुआईआईटीको आधिकारिक वेबसाइट र फेसबुक पेजमा घोषणा गरिनेछ र विजेताले आकर्षक पुरस्कार पाउनेछन् । रेजिस्ट्रेसनका लागि यहाँ क्लिक गर्नुहोस् ।